दमक/ दमक सेतुमारी ,मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोडने अवरुद्ध सडक एक बर्ष पछि सञ्चालनमा आएको छ ।
गत बर्षको कात्तिक पहिलो साता आएको बेमौसमी बर्साका कारण मावा खोलामा आएको बाढीले सो सडकमा क्षती पुर्याएको थियो । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछी पूर्णरुपमा आवतजावत बन्द रहेको थियो ।

अवरुद्ध सडकमा दमक नगरपालिका वडा नम्बर १० र उर्लाबारी नगर पालिका वडा नम्बर ९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । जेसिवीको सहयोगमा सडकको खाल्डो पुरेर ८ थान हयुम्पाईप राखिएको छ । सडक खुलाउने काममा स्थानीयबासी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएका छन ।

Facebook Comments Box