दमक/ दमकमा सातौं विश्व स्कूल दुध दिवस मनाइएको छ । नेपाल डेरी एशोशिएसन प्रदेश १ ले दिवसको अवसर पारेर शुभकामना आदनप्रदानसहित गुरुकुलमा अध्ययनरत बिद्यार्थीहरुसंग दिवस मनाएको हो । दमक ४ स्थित भट्टराई कुल वंश प्रतिष्ठानद्धारा सञ्चालित गुरुकुलमा अध्ययनरत बटुकहरुलाई दूध तथा दुधजन्य पदार्थको भोजन गराएर दिवस मनाइएको एशोसिएशनका निवर्तमान झापा जिल्ला अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
डेरी एशोसिएशन प्रदेश १ का अध्यक्ष गंगा खड्काको अध्यक्षता र वडा नं ४ का वडाध्यक्ष पुन्य दाहालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा गुरुकुल व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र भट्टराई ,सदस्य पुष्प भट्टराई प्राचार्य चेतन आचार्य डेरी एशोसिएसन केन्द्रीय महासचिव हेमचन्द्र खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए । स्वागत मन्तव्य एशोशिएसनका मोरङ जिल्ला अध्यक्ष विष्णु वोहोराले राखेका थिए भने सञ्चालन एशोसिएशनका निबर्तमान झापा जिल्ला अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।
