इटहरी/ सुनसरीको देवानगन्ज गाउँपालुकामा चट्याङ लागेर दुइजनाको मृत्यु भएको छ । वर्षासँगै बुधबार परेको चट्याङ लागेर एक महिला र एक पुरुषको ज्यान गएको हो । चट्याङ लागेर देवानगन्ज गाउँपालिका –१ की ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर–६ का उदिपचन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए । मृतकको शव पासमार्टम लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए ।