दमक/ झापाबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ बाट १ जना र बिर्तामोड नगरपालिका–५ बाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका रामेछाप नगरपालिका–८ रामेछापका ३० बर्षीय बिजय लामालाई चेकजाँच गर्दा उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड–५ स्थितबाट माई नगरपालिका–२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका–५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वुलाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box