धनुषा/  धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उनका श्रीमान रेविया सदालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपराह्न ४ बजे श्रीमान रेवियाले मादक पदार्थ सेवनको नशामा सिलौटा प्रहार गरी श्रीमती आशाको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

Facebook Comments Box