दमक/ झापाको बाह्रदर्शी गाउँपालिका २ का ११ वर्षीय बालक विरिङ खोलामा मृत भेटिएका छन् ।

रोहित मलीकका छोरा सागर मलीक बिरीङ खोलामा मृत फेला परेका हुन । प्रहरीका अनुसार हिजो दिउँसो साढे १२ बजे सोहि ठाउँका १२ बर्षीय बादल मलीक र सागर साईकलमा घरबाट बाहिर निस्किएका थिए ।

साझ सम्म घर फर्केर नआएपछी खोजी गर्दा घाग्रा खोलाको किनारमा उनहरुले लगेको साईकल र लगाएको कपडा फेला परेको थियो । प्रहरी टोलीले आज बिहान पौने ९ बजे बाह्रदर्शी गाउँपालिका १ स्थित बिरीङ खोलामा सागरको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी संगै गएका बादल मलीकको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments Box