दमक/ दमकमा कुखुराको मासुका बिभिन्न परिकारहरुको पारखीका लागि क्यापल्स चिकेन सञ्चालनमा आएको छ । दमक ६ थानारोडमा सञ्चालनमा आएको सो पसलको दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले उदघाटन गरेका छन ।
पसलका सञ्चालक कृष्ण प्रसाद भट्टराईले आफ्नै फार्मबाट उत्पाद भएका कुखुरको मासुका अधिकांश परिकार पाईने बताए । एउटा कुखुराको मासुका ५३ वटा परिकार बनाउन सकिने भन्दै उनले अधिकांश परिकार क्यापल्स चिकनमा पाईने बताए ।
त्यहाँ रेडिमेड मोमोदेखि चिकेन लेगपिस, जाँते कलेजोका अलग परिकार, चिकन ससेज सहितका परिकारहरु सुपथ मुल्यमा पाईने जनाइएको छ । उत्पादक र उपभोक्ता वित प्रत्यक्ष कारोबार नहुँदा उपभोक्ताले धेरै मुल्य तिर्नु पर्ने र उत्पादकले थोरै रकम पाउने क्रमलाई अन्त्य गर्न उत्पादकबाट सिधै उपभोक्तामा पुर्याउन क्यापल्स चिकनको अवधारणा ल्याइएको उनले बताए । दमकसहित विर्तामोड, बिराटनगर, ईटहरी र धरानमा शाखा सञ्चालन गर्ने लक्ष्य राखिएको सञ्चालक भटटराईले बताए ।

 

Facebook Comments Box