पाँचथर /जंगली च्याउ खाएर विरामी परेका पाँचथरको एक परिवारका सासु बुहारी मध्ये बुहारीको उपचारको क्रममा मृत्यु भएको छ भने सासुको उपचार भईरहेको छ ।

पाँचथर फाल्गुन्नद गाउँपालिका ५ की ४८ बर्षीया सुनिता चेम्जोङको मृत्यु भएको हो ।

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी दुबै जान बिरामी भएका थिए ।

सन्तमायाको मोहनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ भने सुनिताको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Facebook Comments Box