दमक/ इटहरी १७ संगम चोकस्थित कान्छिचोक चतरा सडक खण्डमा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कान्छी चोकबाट चतरा तर्फ जादै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल सडकको खाल्डोमा परेर अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार रामधुनी ६ का ६० बर्षिय रामप्रसाद रेग्मीको मृत्यु भएको हो ।
आज बिहान साढे ९ बजे भएको सो दुर्घटनामा घाईते भएका रेग्मीको उपचारका क्रममा करिब ११ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रामधुनी ६ का ३९ बर्षिय सुमन रेग्मी सामान्य घाइते भएका छन ।