दमक / क्लब हिमालयन टाइगर दमकको नयाँ नेतृत्व चयन भएको छ । युवा उद्यमी व्यवसायी र विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरु आवद्ध सो संस्थाको नेतृत्व दमक २ का पूर्ण ( दिपक) खडकाले लिएका छन । सामाजिक काम गर्ने उदेश्यले स्थापना गरिएको सो संस्थाको आज शनिबार सम्पन्न चौथो साधारणसभाबाट खडकाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षद्धयमा मेघनाथ फुयाँल, अनु भण्डारी, सचिवमा तीर्थराज राई, सहसचिवमा सविना साङपाङ राई र कोषाध्यक्षमा धर्मराज (राजु) अधिकारी रहेका छन । त्यसैगरी, समितिका सदस्यहरुमा खगेन्द्र गुरागाई, दिवस खतिवडा, डिल्ली मिश्र, आशिष पौडेल, सन्तोष कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोशिष शिवाकोटी रहेका जनाइएको छ ।
क्लब हिमालयन टाइगरको कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिलबहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेमकुमार उप्रेती चयन भएका छन ।
कार्यक्रममा क्लबलाई विशेष योगदान दिएका वेनुप्रसाद चुँडाल, १२१औं पटक रत्तदान गर्ने दमकका व्यवसायी राजकुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले सम्मान गरिएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीको अध्यक्षतामा भएको सो साधारण सभाका सहभागीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
