दमक/ दमक ६ स्थित शुभारम्भ बचत तथा रिण सहकारी सस्थाले १२ औ बार्सिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार दमकस्थित मारवाडी सेवा सदनमा आयोजित साधारण सभामा उत्कृष्ट शेयर सदस्यहरु १३ जना र जेष्ठ नागरिक २० जनालाई सम्मान गरिएको हो ।
सस्थाका अध्यक्ष गुरुभक्त ढुङ्गानाको सभापतित्व र जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा दमक उध्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई , लेखा संयोजक मोहन श्रेष्ठ , सल्लाहकार उपसमिति संयोजक डाक्टर घनश्याम सुवेदी लगायतले सम्मान गरेका थिए । सो सस्थाले उत्कृष्ट नियमित बचत तथा कर्जा कारोबार गर्ने देबेन्द्र बराल, इन्द्रमणी बस्नेत, भगवती ओझा , गीता दर्जी, उत्तर कुमार राई , टेक बहादुर दर्जी, अहमद खान , बर्दी खड्का ,गङादेबी ढकाल , पेन्शु बोहोरा, कृष्ण बहादुर तुम्रोक र सुस्मिता खतिवडालाई पुरस्कृत गरिएको ब्यवस्थापक लोचन ढुंगानाले जानकारी दिए । सस्थाको बार्सिक प्रतिबेदन पेश गर्दै अध्यक्ष ढुंगानाले शेयर पुजी १ करोड १९ लाख पुगेको जानकारी दिए । त्यस्तै सस्थामा गत आर्थिक बर्सको मौज्दात ८ करोड ८ लाख रहेको जनाइएको छ ।