दमक/ झापामा शुक्रबार मध्यरातमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
राती करिब साढे ११ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गतको मेचीनगर १२ पिपलडाँगीमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र१–०१–०१४प ३३५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्र१–०१–०१४प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घट्नामा दुवै मोटरसाइकलको मृत्यु गएको हो ।
मृत्यु हुनेमा कन्काई नगरपालिका वडा नं ४ का ३८ बर्षिय कृष्ण प्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका वडा नं ४ का ४५ बर्षिय बिष्णु थापामगर रहेका ट्राफिक प्रहरी प्रदेश कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनीहरु दुवै जनाको विएण्डसी अस्पताल विर्तामोडमा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा कन्काई ४ का राम बहादुर अधिकारी सामान्य घाईते भएका छन ।