दमक/ पछिल्लो समय बैंकहरुको ब्याजदर सहकारीको भन्दा बढी हुन पुगेको छ । बैंकहरुले निक्षेपमा ब्याजदर वृद्धि गरेर १५ प्रतिशतभन्दा बढी पुर्याएका छन् भने कर्जाको ब्याजदर १९ प्रतिशतको हाराहारीमा पुगेको छ । जबकी सहकारीको कर्जामा अधिकतम १६ प्रतिशत रहेको छ ।
बैंकहरुको लागत बढेपछि आधार दर (बेस रेट) पनि बढेको छ । हाल बैंकहरु मध्ये सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । यो वाणिज्य बैंकहरु मध्ये कै सबैभन्दा बढी हो । अहिले अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमाआधार दर भएका बैंकबाट ऋण लिँदालागत बढी लाग्ने गर्छ ।
हाल विभिन्न ९ वटा वाणिज्य बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ । बैंक अफ काठमाण्डूको १०.०४ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशत, सिटिजन्स बैंकको १०.५५ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशत, लक्ष्मी बैंकको १०.०२ प्रतिशत, मेगा बैंकको १०.१९ प्रतिशत, सनराइज बैंकको १०.४२ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत र एनआईसी एशिया बैंकको १०.०४ प्रतिशत आधार दर रहेको छ ।