दमक/ १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले मातहतका जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिएका छन ।
आज शुक्रबार भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी दशैं, तिहार तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिएका हुन । उनले बस पार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्नु पर्ने नियम कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
मापसे चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ती पेट्रोलिङ बढाएर कडाईका साथ चेकजाँच गर्न र बसपार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतनामुलक प्रशिक्षण समेत सञ्चालन गर्दै सुरक्षामा खटिन निर्देशन दिए ।

Facebook Comments Box