दमक/ गौरादह ९ बैगुन्धुरास्थित सिद्धिदाता आधारभुत बिद्यालयमा पहिलो पाइला नेपाल दमक शाखाले बिद्यार्थीहरुलाई शैक्षिक शैक्षिक सामग्री सहयोग गरेको छ ।
आर्थिक अबस्था कम्जोर रहेका बिपन्न र सिमान्तकृत बालबालिकाहरुको पठनपाठनमा सहयोग पुरयाउने उद्धेश्यले सो बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीलाई पहिलो पाइलाको टिमले झोला र शैक्षिकसामग्री हस्तान्तरण गरेको हो ।

शुक्रबार गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौलाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा , संस्थाका केन्द्रिय सचिब मदन ओली ,केन्द्रिय सदस्य दिपक खडका , दमक शाखा अध्यक्ष सुरेश बराल ,सल्लाहकार गणेश प्रधान, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पदमलाल पोखरेल ,प्रधानाध्यापक हेमचन्द्र सापकोटासहितको समुहले ति सामग्री हस्तान्तरण गरेका थिए ।
आफनो जन्म महिनाको अबसर पारेर संस्थाका अध्यक्ष सुरेश,बराल , सदस्य सबिना साङ्पाङ र ज्योती बिकास बैंक पथरी शाखा प्रमुख कमल पौडेल लगायतको सहयोगमा ति सामग्री वितरण गरिएको संस्थाका सचिब दिवस खतिवडाले जानकारी दिए ।
सो अवसरमा प्रधानाध्यापक हेमचन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रिय सचिब ओली र सल्लाहकार प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
