दमक/ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा चुनावी तयारीमा जुटेको छ । चुनावको तयारीकै क्रममा उसले मूल परिचालन समिति सहित विभिन्न समिति र उपसमितिहरु बनाएको छ ।

क्षेत्रीय समन्वय कमिटीका संयोजक तुलसी कार्कीका अनुसार मंशिर ४ को प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लक्षित गरि पार्टीका पोलिटव्युरो सदस्य तथा स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालको संयोजकत्वमा १ हजार १ जना सदस्य रहेको मूल परिचालन समिति बनाईएको हो । समितिको सहसंयोजकमा पार्टी केन्द्रिय सदस्यहरु रोमनाथ ओली र मेनुका काफ्ले रहेका छन् । सो समितिको कार्य सम्पादनका लागि सचिवालय र कार्यालय समिति समेत गठन गरिएको समितिका सचिव  कार्कीले जानकारी दिए ।

यस्तै केन्द्रिय सदस्य रोमनाथ ओलीको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ । यसैगरि जिल्ला अध्यक्ष दिपक कार्कीलाई प्रशासन समन्वय उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने केन्द्रिय सदस्य गीता अधिकारीको संयोजकत्वमा अनुगमन उपसमिति गठन गएिको छ ।

प्रदेश कमिटी सदस्य अम्बिका प्रसाद खनालको संयोजकत्वमा प्रचार उपसमिति र केन्द्रिय सदस्य गोविन्द थापा संयोजक तथा दिपेन्द्र दाहाल एवम् दूर्गा गौतम सहसंयोजक रहेको स्वयम्सेवक परिचालन समिति पनि गठन गरिएको छ । क्षेत्रीय समन्वय कमिटीले मातहतका कमिटीहरुलाई पनि आवश्यकता अनुसार समिति, उपसमितिहरु गठन गरि परिचालन गर्न आग्रह गरि सकेको छ ।

निर्वाचन परिचालन समिति संयोजक तथा पार्टीका पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले सुशासन, समृद्धी र विकासका लागि आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार गठन हुने दावि गरे ।  एमालेले पार्टी अध्यक्षलाई आगामी सरकारको प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

Facebook Comments Box