दमक/ ईटहरी उपनपा ९ फुलबारी टोलस्थित भित्रि सडक खण्डमा सिटी सफारीको ठक्करबाट एक जना बृद्धको ज्यान गएको छ । मंगलबाार साँझ ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटि सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदलयात्री ईटहरी ५ का ८२ बर्षिय उमाकान्त भण्डारीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट टाउकोमा चोट लागेर घाईते भएका उनलाई बिराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको टाफिक प्रहरीले जनाएको छ । सिटि सफारी र सफारी चालक ईटहरी ५ का ५२ बर्षिय छबिलाल सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।