दमक/ ‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।
अभियुक्तको गोपनीयता कायम गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको हो। जबर्जस्ती करणी लगायतका विषयमा आरोपीको गोपनीयता कायम राख्न परमादेशको मागसहितअधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल र कानुन संकायकी विद्यार्थी रेजिना पौडेलले भदौ २९ गते रिट दर्ता गरेका हुन ।
क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा चर्चाामा आइरहेका बेला अभियुक्तको गोपनीयताको हक माग गर्दै सर्वाेच्चमा रिट परेको हो ।
रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाइएको छ । सो रिटमा अभियुक्तको गोपनीयता कायम राख्न परमादेश, प्रतिषेध लगायत उपयुक्त आदेशको माग गरिएको छ ।
रिटमा भनिएको छ, ‘हाल नेपाली समाजमा यौनजन्य अपराधमा आरोप लगाइदिने मनोवृत्ति तथा मनोदशा बढ्दै गइरहेको र सो तथ्यहरु जबरजस्ती र सहमतिमा नै हो कि भन्नेतर्फ नाप जाँच गर्ने सन्दर्भमा न त कुनै यन्त्र र सिद्धान्तको प्रतिपादन नै भएको अवस्था रहेको छ । जबरजस्ती करणीका सन्दर्भमा मूलततः मिडिया ट्रायल हुँदै सुरु अदालतका न्यायमूर्तिहरुले पनि मुद्दाको मेरिटका आधारमा निर्णय गर्न सकेका छैनन ।’
‘अभियुक्तको गोपनीयता’ को हक संरक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट
Nishkarsha News
२०७९ आश्विन ४, मंगलवार १८:११