दमक/ झापाको दमक १ का २१ बर्षिय मनोज कुमाल र मेचीनगर नगरपालिका–१३ फलबासाकी भारती राजवंशीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु र ३ लाख ५३ हजार ५ सय सहित बरामद गरेको हो । मेचीनगर–६ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका कुमाललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध र नगद बरामद भए सगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box