दमक/ आदिवासी जनजाती नेत्रहीन संघले प्रथम अधिवेशन दमकमा सम्पन्न गरेको छ । संघका अध्यक्ष भोजकुमार तामाङ्गको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
संघले पुनः तामाङ्गको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा युवराज जोशी ,सचिवमा अनिल मुखिया ,सह–सचिवमा कौशल्यादेबि गुरुङ, कोषाध्यक्षमा अदनलाल राजबंशी र सदस्यहरुमा सेशलाल राजबंसी,चुट्की मुर्मु, बैजनाथ गणेश र मन्जु तामाङ्ग चयन भएका छन् ।
थप दुई जना सदस्य मनोनित गरिने जनाइएको छ । अधिवेशनले विधान संशोधन गर्दै संघको नाम संसोधन गरेर “नेपाल आदिवासी जनजाती नेत्रहीन संघ” बनाएको अध्यक्ष तामाङ्गले जानकारी दिए । “पहिचान ,अस्तित्व र आत्म सम्मान विशेष सेवा ,सुविधा र अधिकारको प्राप्ती हाम्रो अभियान भन्ने मूल नाराका साथ सम्पन्न भएको अधिवेशनमा हिमशिखर टेलीभिजनका अध्यक्ष धुर्वप्रसाद न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले संघको सिप विकास,आर्थिक उन्नती र बाच्न पाउने अधिकारमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा विशिष्ट अथिती सामाजिक व्यक्तित्व शेरबहादुर थापाले संघको अक्षयकोषमा पचास हजार एक सय पाँच रुपैयाँ नगद प्रदान गर्ने प्रतिवद्दता जनाए । त्यस्तै संघको अक्षयकोषमा अशोककुमार लिम्बुको स्मृतीमा गितादेबी चेमजोंगले पचास हजार पाँच सय पचपन्न प्रदान गरिन ।
