दमक/ नेकपा एमालेले दमकमा पार्टी निकट आदिवासी जनजातीहरुको नगर कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य गीता अधिकारीको अधिकारीको प्रमुख आतिथ्यमा बुधबार आयोजित भेलाले लोकतान्त्रिक आदिवासी जनजाती महासंघको नगर कमिटी गठन गरिएको हो ।
गणेश बहादुर तामाङको अध्यक्षतामा गठित नगर कमिटी उपाध्यक्षमा इन्द्रकुमार श्रेष्ठ, पूजा धिमाल सचिवमा डिके लिम्बु उपसचिवमा रोमान्स धिमार र संगिता भुजेल रहेका छन ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका दमक नगर इञ्चार्ज कुमार साम्सुहाङ, सहईन्चार्ज गिरिराज धिमाल लगायतका नेताहरुको उपस्थितीमा गठन गरिएको कमिटीमा संगिता भुजेल, नरबिर लामा, पदम शंकर आङ्देम्बे (लिम्बू),अन्जना योङ्याहाङ पुलामी, खरखरे धिमाल, बिर्सना राई, नयन कुमार राई, देबिका भुजेल , मिलन धिमाल लगायत ३० जना रहेका छन ।

Facebook Comments Box