दमक/ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले भारतसंग सीमा जोडिएका ठाउँ ठाउँमा लामो दुरीको पैदलगस्ती शुरु गरेको छ ।
झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि भन्दै लामो दुरीको पैदल गस्ती शुरु गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०/ १० जना प्रहरी मोरङ र सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रमा परिचालन गरिएको छ ।
यसैबीच झापाको गौरीगञ्ज नाका भएर अबैध रुपमा तस्करीको क्रम उच्च भएको छ । चाडपर्व नजिकिएसंगै सो नाका भएर ठुलो संख्यामा सामान आयात निर्यात हुन थालेको हो ।
यो नाका भएर नेपाल तर्फबाट गाई गोरुको समेत तस्करी हुने गरेको सो क्षेत्रका स्थानीयहरुले बताएका छन । उनीहरुका अनुसार तस्करहरुले दमकबाट लगिएका पशु चौपाया पिकअप गाडीमा राखेर भारततर्फ लैजाने गरेका छन । स्थानीयहरु सुतेपछि रातको समयमा फत्तेपुर र आसपासका नाका भएर चौपाया तस्करी हुने गरेपनि प्रहरीले नदेखेझैं ब्यवहार गर्ने गरेको छ ।
तस्करीमा पहुँचवालाहरुको हात हुने भएकाले प्रहरी समेत त्यस्ता कृयाकलाप देखे नदेखे झै गरि बस्ने गरेको छ । खजुरगाछीमा रहेको भन्सार कार्यालय स्तरोन्नतीको योजना कार्यान्वयनमा आउन नसक्दा सर्वसाधारण र बैधानिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरुले भने समस्या भोग्नु परिरहेको बताइएको छ ।

Facebook Comments Box