काठमाडौं/ सेयरबजारमा आज १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।  २२७ कम्पनीको ४६ लाख कित्ता सेयर बिक्री भएको हो।  दिनभरिमा ३१ हजार पटक भएको खरिदबिक्रीमा उक्त सेयर कारोबार भएको हो।  बुधबार नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको छ भने सेन्सिटिभ पनि ९.१९ अंकले उकालो लागेको छ।  आज १३ वटै उपसूचक हरियो छन्। यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ।

आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। त्यस्तै लिबर्टी इनर्जीका लगानीकर्ताले पनि ८.३२ प्रतिशत कमाएका छन्। युनाइटेड मोदीका लगानीकर्ताले ७.८१ प्रतिशत, सामुदायिक लघुवित्तका लगानीकर्ताले ७.८० प्रतिशत, गुर्खाज फाइनान्सका लगानीकर्ताले ७.७२ प्रतिशत कमाएका छन्।  लगानीकर्ताले आज १० प्रतिशतसम्म गुमाएका छन्। आज नबिल बैंकको ६ करोड ५१ लाखको सेयर कारोबार भएको छ।

Facebook Comments Box