दमक ।
बैंकिङ कसुर सम्बन्धि मुद्दाको अनुसन्धानमा दमकमा तीन जना पक्राउ परेका छन । कामना बैंक मार्फत चलन चल्तीको मोल भन्दा अधिक धितो मुल्याकंन गरी करोडौं रुपैयाँ अनियमित रुपमा कर्जा लिने र दिने कार्यमा संलग्न रहेको आरोपमा सो बैंकका तत्कालिन एक नम्बर प्रदेश प्रमुख समेत रहेका सुजन छाराहांग राई र अन्य दुई जना ऋणीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
गत शुक्रबार पक्राउ परेका राइसहित तीनै जनाको बयान भइरहेको समाचार स्रोतले जनाएपनि विस्तृत सार्वजनिक भएको छैन । राईले कामना बैंकको दमकसहित आफू मातहतका शाखाहरुलाई धितो मुल्याकंन चलचल्ती भन्दा बढी कायम गरी कर्जा प्रवाहका लागि दबाब दिने गरेका बताइएको छ । सो कसुरमा संलग्न अन्य आरोपितहरु भने फरार भएका बताइएको छ । प्रहरीले यसबारेमा थप केही बताउन चाहेन ।