दमक/ सशस्त्र युद्धपछि शान्तीपूर्ण राजनीतिको मुलधारमा आएको नेकपा माओबादी केन्द्र संसदीय अभ्यासमा लागेको १५ बर्ष पुगिसकेको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा एकाएक भारी जनमत पाएको माओवादीले त्यसपछि २०१० को दशकमा स्थापना भएर जरो गाडेका राजनीतिक दलहरुसंग को निरन्तर चुनावी प्रतिस्पर्धाहरुको सामना गरिरहेको छ ।


पार्टीको विभिन्न कमिटीहरुमा युवा पुस्ताको बलियो वर्चश्व राख्ने गरेको माओवादी केन्द्र भित्र तीनै तहका निर्वाचनमा युवा उम्मेदवार आकांक्षीहरु पनि धमाधम परीक्षा दिइरहेका छन ।
परीक्षामा उत्रिएका उम्मेदवारहरु जनतामाझ कोही पास भएर अनुमोदित भए त कोही हुने क्रममा छन ।

माओवादी सशस्त्र युद्धको कमाण्ड सम्हालेका योद्धाहरुनै चुनावी मैदानमा उत्रिएर जनताबाट अनुमोदित हुने प्रयत्नमा पनि छन । यस्तै पात्र मध्येका एक हुन पूर्व माओवादी छापामारका एक कमाण्डर डम्बर पुलामी (कर्म) ।  दमक निवासी पुलामी तत्कालिन अवस्थामा सेनाको जागिरे बन्ने कि पार्टीकोे सिपाही बन्ने भन्ने दुई बिकल्प मध्ये पार्टीमै रहेर जनताको सेवा गर्ने संकल्प लिएका युवा नेता हुन । युद्धकालमा कैंयौं लडाइँहरुको मोर्चा सम्हालेका पुलामी भन्छन – यि दिन भोग्न पाइएला भन्ने पटक्कै लागेको थिएन तर परिस्थिती, राष्टिय, अन्तराष्टिय राजनीति, हाम्रो पार्टी अध्यक्ष प्रचण्डको दुरदर्शीताको परिणामले यो अवस्थामा आइपुग्यौं -भर्खरै पार्टीको उत्तराधिकारी संगठनका रुपमा रहेको वाइसिएल नेपालको केन्द्रीय सचिवमा निर्वाचित भएका पुलामीले भने ।

युवाहरुको राष्टिय नेतृत्वमा रहेर राष्टिय राजनीतिमा सोझो पहुँच राख्न सक्ने नेताको पहिचान बनाएका पुलामीले आसन्न प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं ५ अन्तर्गतको क्षेत्र खमा चुनाव लडने उदघोष गरेका छन । घर र मावल तर्फका हजुरबुबा दुवै लाहुरे भएर पनि राजनीतिक, सामाजिक , व्यवस्था परिवर्तनको आन्दोलनमा ज्यानको प्रवाह नगरी युद्ध मैदानमा होमिएका पुलामी अब पहिलो पटक चुनावी मैदानमा जाने इच्छा तिब्र रुपमा राखिरहेका छन । उनको नाम पार्टीले समेत सर्वसम्मत रुपमा नै प्रदेश सभा सदस्यका लागि सिफारिस गरिसकेको छ ।

पुलामीसंगै अन्य नेताहरुको नाम समेत उम्मेदवारका लागि सिफारिस भएको र पार्टीले केन्द्र तहमा नै गठबन्धन गरेर अघि बढेको छ । यस्तो अवस्थामा पार्टीले उम्मेदवार बन्ने अवसर प्रदान गरे जनमत लिने र एमाले अध्यक्ष केपी शर्मा ओलीको यो निर्वाचन क्षेत्रमा क्रान्तीकारी झण्डा फहराई छाडने उनको दृढ संकल्प छ । पुलामी भन्छन पार्टीका लागि यो चुनौती पनि हो । चुनावी मैदानमै छिनोफानो हुन्छ ।

 

Facebook Comments Box