दमक/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीका संस्थापक नेता बिपी कोईरालाको प्रजातान्त्रिक समाजबादले सबै नेपालीको भावनालाई सम्बोधन गरेको बताएकी छिन ।
१ सय ९ औं बीपि जयन्ती तथा जनताको साथमा नेपाली कांग्रेस अभियान समापनको क्रममा शुक्रवार दमकमा भएको कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले हरेक नेपाली नागरिकले बिपीको समाजबादलाई आ– आफनो ढंगले बुझ्न सक्ने बताईन् ।
एउटा युवाले रोजगारी पाउनु, एउटी महिलाले समान अधिकार पाउनु, बिरामीले स्वास्थ्य उपचार पाउनु बिपीको समाजबाद भएको उनको कथन थियो । पहिलो पटक जनताबाट निर्वाचित भएर प्रधानमन्त्री बन्दा बिपीले बनाएको समाबेशी मन्त्री मण्डलले उनको बिचार कति उदार थियो भनेर बुझ्न सकिने उनले बताईन् ।
बिपीले लिएको मेलमिलापको नीति अहिले पार्टी भित्रै आवश्यक रहेको भन्दै उनले फरक पार्टीहरु बीच गठबन्धन बनाईरहँदा आफ्नै पार्टी भित्रको एकतालाई मजबुद बनाउनु पर्ने उल्लेख गरिन् ।
कांग्रेस दमक नगरका कार्यबाहक सभापति युवराज खनाल (सागर )को अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शुशिला ढकाल, प्रदेश सदस्य किरण भट्टराई, पार्टीका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, जिल्ला सदस्य राजु तामाङ, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश (ख) का सभापति रवि न्यौपाने सहित पार्टीका नेताहरु मेदनी सिटौला, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, विश्वदिप लिङदेन, मन्धरा पौडेल लगायतले बोलेका पार्टी नगर सचिव दिपेश दाहालले जानकारी दिए ।

Facebook Comments Box