आसन्न ४ मसिंरमा एकसाथ हुने संघ तथा प्रदेश सभा निर्वाचन क्षेत्रको निर्वाचनमा झापाको क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र खबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्यको लागि उम्मेदवार सिफारिस भएका नेता हुन दमकका उद्धव प्रसाद दाहाल
उनलाई कांग्रेसको प्रदेश क्षेत्र , संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला समितिबाट समेत प्रदेश समिति समक्ष समानुपातिक तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । दाहाल वर्तमानमा मात्रै होइन उनको राजनीतिक तथा सामाजिक पृष्ठभुमी चर्चा योग्य छ ।
पुख्र्याैली घर भोजपुरदेखिनै कांग्रेसको राजनीतिमा सक्रिय दाहाल पेशाले घरजग्गा संगै लेखापढी व्यवसायी पनि हुन ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन दमक इकाई अध्यक्ष समेत रहेका दाहाल पार्टीको प्रदेश संरचना क्षेत्रमा पहिलो पटक भएको ऐतिहासिक अधिवेशनमा झापा क्षेत्र नं ५ (ख) बाट प्रदेश अधिवेशन प्रतिनिधिका रुपमा लोकप्रिय मतसहित निर्वाचित भएका नेता हुन ।
मुलुक संघीय संरचनामा गएको र प्रदेश सभा यसैको महत्वपूर्ण अंग भएका कारण यसको महत्वलाई उजागर गर्नका लागि पनि प्रदेश सभा निर्वाचन क्षेत्रको निर्वाचनमा आफूले समानुपातिक तर्फ उम्मेदवारीमा दाबी गरेको नेता दाहालको भनाई छ ।
पुख्र्याैली घर भोजपुरको तत्कालिन याकु गाविसमा भएका दाहालको राजनीतिक यात्रा भोजपुरबाटै शुरु भएको हो ।
उनी भोजपुरको विश्वप्रेमी माविमा पढदा पढदै नेविसंघको सदस्यता लिई संघको इकाई समिति सभापति समेत भएका थिए । बिद्यार्थी कालदेखिनै नेविसंघमा आवद्ध भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन । २०४६ सालको राजनीतिक परिवर्तनको आन्दोलनका घाइते पनि हुन दाहाल । ४६ सालको जनआन्दोलनमा उनी नेविसंघको जिल्ला सदस्य थिए । प्रविणता प्रमाण पत्र तह सम्मको औपचारिक शिक्षा पूरा गरेका उनले भोजपुरको भुगोलमा पनि पार्टी राजनीतिमा नाम चलाएका थिए । दाहाल भोजपुरको याकु गाविसको ५ नम्बर वडाको पार्टी सभापतिको जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुन ।
भोजपुरबाट झापाको तत्कालिन तोपगाछी ९ मा बसाईसरी आएपछि दाहालले एक कार्यकाल त्यहाँ पनि एक कार्यकाल पार्टीको वडा सभापतिको जिम्मेवारी सम्हालेका थिए भने एक कार्यकाल गाउँ सचिवको जिम्मेवारी पूरा गरेका थिए ।
पछिल्लो समय दमक ३ मा बसोबासोसंगै उनलाई पार्टी जिम्मेवारीले छोडेन । राजनीतिमा मेरो पनि एउटा इतिहास छ , राजनीतिमा निरन्तरता छ त्यसैले प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ दाबी गरेको हुँ – दाहालले भने – पार्टीलाई आवश्यक परेको बेला जहिलेसुकै मैंले सकेको योगदान पनि गरेको छु त्यसकारण मेरो योगदानको पार्टीले यथोचित मुल्याङकन गर्नेछ भन्नेमा विश्वस्त छु ।

Facebook Comments Box