दमक/ फर्निचर तथा फर्निसिङ सम्बन्धि ब्यवसायमा तीन दशक लामो अनुभव पछि बिराटनगरका ब्यवसायी अनुप सिग्देलले बुधबार देखि दमकमा ब्यवसाय बिस्तार गरेका छ्न ।
दमकको फर्निचर लाइनमा अवस्थित ज्योती कम्प्लेक्समा सिग्देलले मोडर्न होम एन्ड इन्टेरियर सोलुसन सन्चालनमा ल्याएका हुन ।
सम्पुर्ण स्वदेशी उत्पादनको प्रयोग गरेर आधुनिक प्रबिधीसहित निर्माण गरिएका फर्निचर तथा फर्निसिङ सम्बन्धि सामग्रीहरुको बिक्री बितरण गर्ने उद्देश्यले संचालनमा ल्याइएको सो ब्यवसायिक प्रतिस्ठानको दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गरेका छ्न । सो अवसरमा अध्यक्ष श्रेष्ठले बजारमा असहज परिस्थितिका बाबजुद सिग्देलले पुस्तौंदेखिको पेशालाई अङालेर दमकमा शुरु गरेको यो ब्यवसायले दमकका प्रयोगकर्ता सेवाग्राहीहरुको मागलाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे । उनले दमकको ब्यवसायिक तथा आर्थिक बिकासमा समेत यसले महत्त्वपूर्ण योगदान दिने बताए ।
सञ्चालक सिग्देलले आधुनिक घरहरुको निर्माण सरल र सहज ढङ्गबाट गरेर साज सज्जावटको समेत काम गर्ने गरिएको बताउदै समयको माग अनुसार ब्यवसायलाई परिमार्जन गरिएको बताए ।
उदघाटनको अवसरमा अध्यक्ष श्रेष्ठ , प्रथम उपाध्यक्ष राजु खड्का , दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवाल , पहिलो पाइला नेपाल दमक शाखाका पुर्व अध्यक्ष दिपक खड्का, सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक लोकनाथ सिग्देल लगायत दमकका सामाजिक तथा ब्यवसायिक एवं बित्तिय क्षेत्रका प्रतिनिधिहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
