दमक/ ईलामको रोङ गाउँपालिका–४ मा ट्रकलाई ओभरटेक गर्ने क्रममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं अनियन्त्रित भएर ट्रकको चक्कामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाईकल चालक सुर्याेदय नगरपालिका–४ का ३९ बर्षीय रत्न कुमार थापा मगरको मृत्यु भएको हो । गत शनिबार भएको दुर्घटनामा घाईते मगरको उपचारको क्रममा आज मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।