दमक / जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक -८ काे पाचाै साधारण सभा सम्पन्न भएकाे छ ।
दमक -८ स्थीत एभरेष्ट बाेडिङ्ग स्कुल मा भएकाे उक्त कार्यक्रमा ८० बर्ष माथीका जेष्ठहरुलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुने जेष्ठ बुबाहरु गणेश प्रसाद न्याैपाने, तारानिधि मिश्र, हाेमनाथ सुवेदी, भक्ति प्रसाद प्रसाईं ,तारानिधि सापकाेटा, लिलानाथ आर्चाय र लिलाधर अर्याल रहेका छन ।
सम्मानित हुने बुबाहरुलाई जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्दिय अध्यक्ष सीताराम खतिवडा, दमक न. पा. वाड न. ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल ( दिपेश) , प्रतिष्डानका दमक -८ का वडा अध्यक्ष ओम प्रसाद खनाल ले सम्मान पत्र प्रदान गर्नुकाे साथै दाेसल्ला ओडाएर सम्मान गरेका थिए । उक्त कार्यक्रमा सम्मानित जेष्ठ बुवाहरुलाई छाता बितरण गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानकाे आजिवन सदस्यता लिने सदस्यहरुलाई प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।
जेष्ठनागरिक सम्मान प्रतिष्ठान नेपाल दमक -८ का अध्यक्ष ओम प्रसाद खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रककाे प्रमुख अतिथि प्रतिष्ठानका केन्दीय अध्यक्ष सीताराम खतिवडा रहेका थिए भने कार्यक्रम सञ्चालन जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक -८ का सचिव तारानाथ भट्टराईले गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका केन्दीय उपाध्यक्ष डाेयना दाहाल,केन्दीय समितिका पदाधिकारिहरु देव प्रसाद सुवेदी,सुरेश पाैडेल, शुशीला गाैतम,प्रतिष्ठानका नगर अध्यक्ष अमृत बिष्ट लगायत प्रतिष्ठानका आजिवन सदस्यहरु सहभागी थिए ।