कञ्चनपुर/ कञ्चनपुरमा चट्याङ लागेर आज आइतवार दिउँसाे पति-पत्नीको ज्यान गएकाे छ ।

कृष्णपुर नगरपालिका ७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएकाे हो ।

Facebook Comments Box