दमक/ झापा दमकका डम्बर पुलामी (कर्म) नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को केन्द्रिय सचिवमा चयन भएपछि वाइसीएल दमक नगर समितिले शनिवार स्वागत तथा सम्मान गरेको छ ।
काठमण्डौमा भएको अधिवेसनबाट उनी सचिव चयन भएका हुन् । नेकपा माओवादी केन्द्र पार्टी कार्यलय दमक बालुवाटरमा पार्टी केन्द्रीय सदस्य रञ्जित तामाङ, प्रदेश कोषाध्यक्ष रेवतराज पुरी, जिल्ला संयोजक राजु आचार्यलगायतका नेताहरुसहित वाइसीएल दमक नगर समितिले सचिव पुलामीलाई खादा, माला र अविर लगाएर सम्मान गरेको हो । पुलामीले आफुलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत वाइसीएल दमक नगर समिति र पार्टीका नेतागण र युवा साथीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
