दमक/ दमक नगरपालिकाले बिपन्न समुदायका नगरबासीलाई उद्यमी बनाउन सीपमुलक मेसिन तथा औजारहरु हस्तान्तरण गरेको छ । वडा नं २, ४, ७ र १० का लघु उद्यमीलाई ५८ वटा मेशिन वितरण गरिएको हो ।
नगरका प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा थापासहित उपप्रमुख रेगिना भट्टराई, सामाजिक बिकास समितिकी शारदा सापकोटा लगायतले धिमाल जातीको पेटानी बुन्ने मेशिन, लुगा तथा जुत्ता सिलाउने मेशिन, केक बनाउने मेशिन, बंगुरको दाना बनाउने मेशिन हस्तान्तरण गरेका हुन ।
नगर प्रमुख थापाले उत्पादन गरेको बस्तुहरुको बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका थिए । उप प्रमुख भट्टराईले महिलाहरुले शीप सिकेर उत्साहका साथ काम गर्ने विश्वास व्यक्त गरिन । आत्मनिर्भर र स्वाबलम्बी बनेको अवस्थामा महिलाहरु घरेलु हिंसाबाट पीडित हुन नपर्ने बताइन ।
यस अघि २ देखि ३ महिना तालिम लिएका ग्रामिण क्षेत्रका विपन्नलाई उद्यमी बनाउन संघीय सरकार अन्तर्गत उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा मेशिन वितरण गरिएको नगरपालिकाका समाजिक बिकास शाखाका डम्बर बरालले जानकारी दिए ।
