दमक/ उदयपुरको बेलका नगरपालिका–७ गोवाटारका एकै परिवारका तीन जनाको हत्या भएको छ । हत्या आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत शुक्रबार बिहान गोवाटारस्थित वाबिङ खोलामा स्थानीय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतकी ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रहारबाट हत्या भएको अवस्थामा लाश फेला परेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धानका क्रममा नर बहादुर बस्नेतले उनीहरुको हत्या गरेर फरार रहेको खुलेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटेबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेत अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box