दमक/ युवा संघ नेपाल झापाको नवगठित जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण एवम् प्रशिक्षण कार्यक्रम शनिवार विर्तामोडमा सम्पन्न भएको छ । फूर्वा लामाको अध्यक्षतामा हालै गठित जिल्ला कार्य समितिको सपथ सँगै प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रशिक्षणमा एमाले जिल्ला अध्यक्ष दिपक कार्की, सचिव शिव ढुंगेल, युवा संघ प्रदेश अध्यक्ष अनिता कन्दङ्वा, केन्द्रिय सदस्य निशा लिम्बू, सागर पोर्तेल, राज आङ्देम्वे लगायतले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । प्रशिक्षणमा नेताहरुले आगामी निर्वाचनलाई निष्पक्ष र धाँधली रहित बनाउन युवाहरुको भुमिका महत्वपूर्ण रहने बताएको युवा संघ नेपाल, कमल गाउँ कमिटी अध्यक्ष जीवन सापकोटाले बताएका छन् ।

Facebook Comments Box