दमक/  नेकपा एमाले सम्वद्ध राष्ट्रिय खेलकुद महासंघ कमलको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।  अधिवेशनले बासु निरौला विक्रमको अध्यक्षतामा ३५ सदस्यिय गाउँ कमिटी गठन गरेको हो ।

गाउँ कमिटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद गौतम र सुनिता काफ्ले अधिकारी, सचिव भलाकाजी कार्की, सहसचिव कुमार ओली र सन्तोष खतिवडा एवम् कोषाध्यषमा युके सुव्वा रहेका छन् । नेकपा एमाले केन्द्रिय कमिटी मेनुका काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा खेलकुद महासंघको उपाध्यक्ष दिपेन्द्र दाहालको विशिष्ट आतिथ्यता रहेको थियो भने नेकपा एमाले कमल ईन्चार्ज नारायण गौतम, गाउँ कमिटी अध्यक्ष प्रेम पोखरेल, महासंघ केन्द्रिय एङ्गल गुरुङ्, प्रदेश सदस्य तेजू राई, जिल्ला अध्यक्ष भवानी बराल लगायतको आतिथ्यता रहेको थियो । नवनिर्वाचित गाउँ कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई महासंघका केन्द्रिय सदस्य दिनेश सुवेदीले सपथ ग्रहण गराएका थिए ।

Facebook Comments Box