राजनीतिक तथा सामाजिक क्षेत्रमा झापामा स्थापित महिला नेतृ हुन दमक ९ निवासी मन्धरा चिमरिया पौडेल ।
झापाली महिला नेतृ तथा बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर समाज सेवाको क्षेत्रमा योगदान दिइरहेकी उनलाई नेपाली कांग्रेसको स्थानीय नेतृत्वले आसन्न मसिंर ४ मा हुने प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवार तर्फ उनको नाम सिफारिस गरेको छ । सामाजिक अभियान्ताका रुपमा परिचय बनाएकी मन्धरा कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित प्रतिनिधि हुन ।
२०४६ सालदेखि नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघमा आबद्ध रहेर निरन्तर पार्टी संगठन समाजका गतिबिधिमा क्रियाशील उनले संघको दमक नगर हुँदै जिल्ला नेतृत्वमा समेत काम गरिसकेकी छिन ।
महिला हक अधिकार र बालबालिकाहरुको अधिकार सुनिश्चित गराउन राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय सदस्य हुँदै हाल केन्द्रीय उपाध्यक्ष समेत भएकी उनी जनचेतना महिला बिकास संघ दमकको अध्यक्ष समेत हुन ।
अनाथ बालबालिकाहरुको संरक्षण र अभिभावकत्वको भुमिका निर्वाह गर्दै दमकमा खोलिएको अनाथ बाल आश्रम दमकको उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेकी छिन । आफूलाई सधैं सेवाका काममा समर्पित नेतृ पौडेल दमक यातायात ब्यवस्थापन तथा शहरी सुदृढिकरण समितिको सदस्य पनि हुन ।
पार्टीमा कैयौं पटक सिनियरहरुलाई सम्मान गर्दै अवसर जुराउनेमा योगदान दिएकी उनले यसपटक भने आफू प्रदेश सभा सदस्यमा पुगेर काम गर्ने इच्छा पार्टी भित्र राखिन । जनताको भावना अनुसार पार्टीको नीति कार्यक्रम आउनु पर्छ र नेतृत्वले त्यसलाई कार्यन्वयन गर्नुपर्छ भन्ने अडान राख्ने गरेकी उनले इमान्दारिता र कुशलतापूवर्क जिम्मेवारी बहन गर्ने क्षमता दुवै देखाइसकेकी छिन ।
पहिले पनि मैंले कुनै पनि प्रकारको माग दाबी नगरि केवल पार्टी , संगठन र समकालिन साथीहरुलाई नै अवसर दिनुपर्छ भनेर त्याग गरें यसपटक साथीहरुले मेरो लागि समर्थन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु – पौडेलले भनिन ।
पटक पटकका आन्दोलन र पार्टीक कार्यक्रममा सकृयताका साथ भुमिका निर्वाह गरेकी महिला नेतृ पौडेलले आफुलाई झापामा त्यागी महिला नेतृका रुपमा उभ्याएकी छिन । पौडेलको उम्मेद्धवारी सिफारिसले कांग्रेस भित्र नयाँ जोश जाँगर र उत्साह पैदा गर्ने विश्वास यहाँका नेता, कार्यकर्ताहरुको छ ।
