दमक/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आएका छन ।

झापा र मोरगंमा हुने पार्टी तथा जनवर्गीय संगठनले गर्ने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आइपुगेका हुन । उनले विमानस्थलमा पत्रकारहरुसंग बोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोकिन सक्ने आशंका गरे ।
सत्तारुढ गठबन्धनको कडा आलोचना गर्दै आएका अध्यक्ष ओलीले राणको राणाको बयान समेत गठबन्धनले रोक्न सक्ने आशंका गरेका हुन ।
अध्यक्ष ओलीले भने, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’ राणालाई बयानका लागि बिहीबारपछि आइतबार पुनः बोलाइएको छ ।
तीन दिने कार्यक्रम
यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ र आसपासका कार्यक्रमहरुमा तीन दिन सम्म व्यस्त हुनेछन । गौरीगन्जमा पार्टी प्रवेश कार्यक्रम, कमल गाउँपालिकामा युवा भेला र मोरङको सुन्दर हरैंचामा जेसिसको कार्यक्रम तय भएको एमालेका नेताहरुले जनाएका छन ।