दमक/ मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहुरे खोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्कीको सो खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो दिउँसो साढे ३ बजे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा उनलाई साथीहरुले फेला पारेका थिए । उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल लगेपनि तत्कालै डाक्टरले मृत घोषणा गरेका जनाइएको छ । प्रहरीले सो बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box