दमक/ बिराटनगर महानगरपालिका –१४ बाट प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रवार बेलुका लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठाबाट उनीहरु रंगेहात पक्राउ परेका हुन ।
सो घर खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box