दमक/ झापाको गौरादहस्थित पायल फर्निचरमा बिद्युत सट् भएर आगलागी भएको छ । आज (आईतबार) बिहान अन्दाजी साढे ३ बजे भएको आगलगाीबाट गौरादह– २ बजारमा रहेको सो फर्निचरमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नोक्सान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मुनिलाल शर्माले संचालन गर्दै आएको फर्निचरमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ । टहरा भित्र रहेको मेसिन काठ र फर्निचर समेत जलेर सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । प्रहरी, स्थानीयबासी, गौरादह नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान करिब५ बजे आगो निभाइएको थियो ।