दमक/ उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा पतीको मृत्यु भएको छ भने पत्नी गम्भिर घाईते भएकी छन ।
ट्राफिक प्रहरीका अनुसार हिजो दिउँसो सवा १ बजे कटारी नगरपालिका वडा नं ४ कान्छी बजारका २४ बर्षिय अविषेक खडकाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार उनकी पत्नी अन्दाजी २० बर्षिया सञ्जिता बस्नेतको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
हिजो कुशे औंसीमा बुबाको मुख हेर्न ससुराली हिंडेका उनीहरु उदयपुर चौदण्डी न.पा.१० खैराहा झोडामा दुर्घटनामा परेका हुन । त्यहाँस्थित मदन भण्डारी सडक खण्डमा ईटहरीबाट गाईघाट तर्फ आउदै गरेको प्र१–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

Facebook Comments Box