दोभानमा युवकको लाश भेटियो

Author Nishkarsha News
२०७६ श्रावण ९, बिहीबार ११:५१

दमक/ मोरङ मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी खोला र बक्रा खोला जोड्ने दोभान किनारमा ५ दिनदेखि हराईरहेका स्थानीय एक युवकको लाश भेटिएको छ ।
२० बर्षिय अनिष कार्कीको लाश भेटिएको हो । गत ४ गते मधुमल्ला बजार हिडेका कार्की घर नफकीएपछी आफन्तले खोजी गरिरहेका थिए । सो क्रममा हिजो साँझ खोलाको किनारमा पानीले बगाएर ल्याएको अवस्थामा कार्कीको शव फेला परेको भनि ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्