दमक/ राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको दमकमा आज मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट शारदा ढकाल रिजालको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा ढकालसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले बिर्तामोड, दमक र भद्रपुर नगरपालिकाबाट ४/४ जना र अन्य पालिकाहरुबाट २/२ जना गरी ३५ जनाको जिल्ला समिति चयन गरेको बताइएको छ । नवगठित समितिको पहिलो बैठकले संगठनको पदाधिकारी चयन गर्ने जनाइएको छ । सो अवसरमा महिलाहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।
