हेटौँडा,७ साउन
हेटौँडाको चुरीयामाईमा भएको दुर्घटनामा परि ज्यान गुमाउने एकजनाको पहिचान खुलेको छ । ज्यान गुमाउने अटो चालक हेटौँडा बसामाडीका राजकुमार ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक मध्ये मोटरसाईकल चालकको भने अझै पहिचान भएको छैन् ।
दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनरले ना१ज ७७८६ नम्बर सुमो, बा६६प ६२१३ नम्बरको मोटससाइकल र ना१ह ८८२४ नम्बरको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नम्बरको बस, को १च २२६७ नम्बरको कुखुरा बोक्ने गाडि र भे१क ६३१ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो ।