दमक/  मसिंर ४ मा संघीय तथा प्रदेश क्षेत्रको निर्वाचन एकैपटकमा हुने भएपछि शुरु भएको उम्मेदवारी स्वघोषणा र विभिन्न कोणहरुबाट चुनावको सम्भावित परिणामबारे झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (क)का बिषयमा पनि चर्चा परिचर्चा शुरु भएको छ ।

यो क्षेत्रबाट अघिल्लो पटक प्रदेश सभामा प्रतिनिधित्व गरेका नेकपा एमालेका युवा नेता हिक्मत कार्कीले फेरी पनि आफनो उम्मेदवारी दोहोरयाउने संकेत देखिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुबीच कार्कीसंगको चुनावी प्रतिस्पर्धामा को बलियो उम्मेदवार हुन सक्छ ? भन्ने आन्तरिक बहस चुलिएको छ ।
कांग्रेसका धेरै नेताहरुले यसपटकको निर्वाचनमा सो क्षेत्रमा बलियो दाबेदारी प्रस्तुत गरेर टिकटको लागि लविगं गरिरहेका बुझिएको छ । उनीहरु मध्ये कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजन बहादुर ढुंगानाका बिषयमा चर्चा गरिन्छ ।

फराकिलो पहिचान बनाएका राजन बहादुर ढुंगाना
कांग्रेसको राजनीतिमा बौद्धिक तथा बैचारिक बहसको क्षमता राख्ने नेताका रुपमा चिनिन्छन । साविकको तोपगाछी गाविस वडा नं ३ (हाल कमल २ ) का स्थायीबासिन्दा ढुंगानाले समाजशास्त्र र वाणिज्य शास्त्रमा स्नाकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन भने कानुन बिषयका सहजकर्ता समेत हुन ।

पेशाले उनी प्राध्यापनसंगै कानुन परामर्शकर्तासमेत हुन । उनी नेपाल लेखापढी तथा कानुन व्यवसायी एशोसिएशन दमक एकाईको सल्लाहकारका रुपमा समेत रहेका छन ।
राजनीतिमा बिद्यार्थी कालदेखिनै आफुलाई सक्रिय बनाइराखेका ढुंगानाले अहिले सम्म कुनै पनि लाभको पद लिएका छन । उनी कांग्रेसको ९ औं महाधिवेशनमा तोपगाछी गाउँ सभापती १० औं र १२ औं महाधिवेशनमा महासमिति समेत बनिसकेका छन । तोपगाछीको महेन्द्ररत्न माविको व्यवस्थापन समिति अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका उनी गौरादह बहुमुखी क्याम्पसको व्यवस्थापन समिति सदस्य समेत भएर शैक्षिक बिकासमा योगदान दिएका ढुंगानाको परिवारले आफैंले पढेको बिद्यालयमा सरस्वतीको मूर्ति स्थापना पनि गरेका छन ।

उनले २०५४ सालको स्थानीय चुनावमा तत्कालिन तोपगाछी गाविसको अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए भने २०७४ मा झापा क्षेत्र नं ५ खमा प्रदेश सभा सदस्यको लागि चुनावी प्रतिस्पर्धा गरेका थिए । तार्किक क्षमता राख्ने ढुंगानाको उम्मेदवारी दाबी आफनो व्यक्तिगत दाबी नभएर पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकहरुको आवाजको परिणाम भएको तर्क छ । मलाई तोपगाछी , गौरादह र गौरीगञ्जबाट समेत धेरै साथीहरुले मलाई आग्रह गरिरहनु भएको छ-  निष्कर्ष न्यूजसंग आफनो उम्मेदवारीको प्रसंगबारेको कुराकानीमा ढुंगानाले भने ।

Facebook Comments Box