दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दमकमा आयोजित कार्यक्रममा मजदुर नेता तथा अगुवाहरुलाई सम्मान गर्नुका साथै मजदुर हितकोषमा एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ईरिक्सा दमक नगर समितिको तेश्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा संगठनको दमक कमिटी अन्तर्गतको मजदुर हितकोषमा आर्थिक सहयोग प्रदान गर्ने तथा कोषका संस्थापक चण्डीप्रसाद रेग्मीलाई अध्यक्ष दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
लामो समय देखि यातायात मजदुरहरुको अधिकारका लागि संघर्षरत एवम् मजदुर नेताहरुका अगुवा रेग्मीले मजदुर हितकोषमा महत्वपूर्ण सहयोग पुर्याएको कार्यक्रममा बताईयो । उनी तथा उनको परिवारलाई एमाले केन्द्रिय कमिटी सदस्य गीता अधिकारीले दोसल्ला ओढाएर सम्मान गरिन भने एमाले अध्यक्ष ओलीले सम्मान पत्र प्रदान गरेका थिए ।

यसैगरि लामो समय देखि दुर्घटना नगराई सुरक्षित रुपमा सवारी साधन सञ्चालन गर्ने चालक कुुसुम राईलाई पनि सम्मान गरियो । उनलाई एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले सम्मान पत्र प्रदान गरे । यसैगरी संगठनलाई निरन्तर रुपमा सहयोग गर्ने दमक ८ का दिपेन्द्र दाहाललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । उनलाई एमाले केन्द्रिय कमिटी सदस्य गोविन्द थापाले सम्मान गरेका हुन ।
सोहि कार्यक्रममा संगठनले जिफन्ट ऐक्यवद्धता कोष मार्फत मृगौला रोगी यातायात मजदुर श्यामलाल चौधरीलाई ३० हजार रुपैयाँ उपचार सहयोगार्थ रकम प्रदान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटी अध्यक्ष मदन खडकाले बताए । सोहि कार्यक्रममा प्रमुख अतिथी एमाले अध्यक्ष ओलीले सो कोषका लागि आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे । कार्यक्रममा गायक शिशिर योगीले एमाले अध्यक्ष ओलीद्वारा रचित राष्ट्रिय भावनाको गीत गाएर सुनाएका थिए ।

 

Facebook Comments Box