दमकबाट भन्सार छलीको सामानसहित पिकअप नियन्त्रणमा

Author Nishkarsha News
२०७९ भाद्र २, बिहीबार १८:२४

दमक/ दमक १० रतुवा पुल नजिकैबाट भन्सार छलीको अबैध सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मोरङबाट झापा तर्फ आउदैं गरेको मे.१ च.६७९० नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरुमा चिनी १६ बोरा, बिडी ४ काटुन, खैनी–५ बोरा र कुरमुरे ३ बोरा रहेको छ । सो सामान र गाडीसहित दमक ७ का ४१ बर्षिय नारायण बस्नेतलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्