दमक/ आसन्न निर्वाचनमा झापाको क्षेत्र नं ५ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र खमा राप्रपाको तर्फबाट पार्टी नेता दिपक खरेलले चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन ।
राप्रपा झापा जिल्ला समितिका संगठन विभाग प्रमुख समेत रहेका नेता खरेलले पार्टीले यस क्षेत्रमा आधिकारिक उम्मेदवार घोषणाको तयारी गरिरहेको बताउँदै पार्टीमा उम्मेदवारीका लागि आफनो लविगं शुरु गरेको जनाएका छन । निष्कर्ष न्यूजसंगको कुराकानीमा नेता खरेलले यहाँको राजनीतिक तथा सामाजिक क्षेत्रमा आफनो पहिचान निक्कै पुरानो भइसकेकोले पार्टीको तर्फबाट आफू उम्मेदवार बन्ने घोषणा गरे ।
नेता खरेल झापाको कमल ५ साविक लखनपुरका स्थायीबासिन्दा हुन । निर्माण तथा घर जग्गा व्यवसायीको समेत नेतृत्व गरिसकेका उनलाई राप्रपा भित्र सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेर वित्तिय क्षेत्रको नेतृत्व गरिरहेका नेता खरेलले राप्रपाले लिएको राष्टिय एजेण्डाप्रति जनताको आकर्षण रहेकोले यसपटकको निर्वाचनमा अन्य ठुला भनिने दलहरुले गरेको अनुमान विपरितको परिणाम हात पार्ने पनि दाबी गरेका छन ।

झापा क्षेत्र नं ५ ख अन्तर्गत दमक नगरपालिका र कमलको लखनपुर खण्ड पर्दछ । यि मध्ये दमकमा राप्रपाले कांग्रेस माओवादीसहितको समर्थनमा नगर प्रमुख पद जितेको छ भने लखनपुर खरेलको आफनै बसोबास रहेको क्षेत्र भएकाले पनि राप्रपाका लागि यो क्षेत्र आशातित क्षेत्र हो ।

Facebook Comments Box