दमक/ कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर आज अर्का एक युवकको मृत्यु भएको छ । शिवसत्ताक्षी नगरपालिका वडा नं १० दोमुखामा रहेको आयोजनाको नहरको पानीमा डुबेर सोही ठाउँका अन्दाजी २४ बर्षिय शिव जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब साढे ११ बजे साथीसंग पौडी खेल्न नहरमा पसेका उनको शव करिब डेढ किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिब साता अघि सोही आयोजनाको नहरमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको थियो ।

Facebook Comments Box